बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इनरुवा नगरपालिका–१ का २८ वर्षीय प्रेम गुप्तालाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाले आरोपितले तीन महिना अघि बलात्कार गरेको र आफू गर्भवती भएको परिवारमा जानकारी दिएपछि वैशाख ४ गते बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गराइएको थियो ।

चिकित्सकले बालिका तीन महिनाको गर्भवती भएको पुष्टी गरेपछि पीडित पक्षले आरोपितविरूद्घ वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी सोही दिन जिल्ला अदालतबाट म्याद थप गरी कारवाही अघि बढाएको डिएसपी फुयाँलको भनाई छ ।


जयकृष्ण यादव