बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय ज्येष्ठ नागरिकलाई वैशाख ३ गते गिरफ्तार गरेको छ ।

नाताले काका पर्ने ज्येष्ठ नागरिकले विगत ६ महिनादेखि बालिकालाई बलात्कार गर्दै आएको भन्दै पीडितपक्षले वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएपछि सोही उजुरीका आधारमा वैशाख ३ गते आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ३ गते नै जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजयकुमार सिंहले जानकारी दिए ।


हिमलाल पराजुली