बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाबुलाई वैशाख ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।
विगत सात वर्षदेखि आफू बलात्कृत हुँदै आएको र ०७५ पुस ८ गतेसम्म बाबुले बलात्कार गरेको भन्दै पीडित बालिकाले वैशाख ४ गते जिल्ला प्रहरी कार्यालय, चरिकोटमा उजुरी दिएकी छन् ।
पीडित बालिकाको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ४ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल