बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ४ गते

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वडा प्रहरी कार्यलय बैदामले चार जनालाई वैशाख २ गते गिरफ्तार गरेको छ ।

गिरफ्तारीमा पर्नेमा तनहुँ बस्ने २१ वर्षीय राजन गैरे, २१ वर्षीय सरोज श्रेष्ठ, २४ वर्षीय अनिल गौतम र २४ वर्षीय राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी रवीन्द्रमान गुरूङले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण वैशाख २ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनले बताए ।


सुशन घिमिरे