बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ वैशाख ३ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ आम्बुङका २८ वर्षीय गणेशकुमार योगीलाई वैशाख २ गते गिरफ्तार गरको छ ।

आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख २ गते गरिएको छ ।


भगिश्वर लिम्बु