बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत २७ गते

१५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय बाबुलाई प्रहरीले चैत २४ गते गिरफ्तार गरेको छ ।

कक्षा नौ मा अध्ययनरत झट्केली छोरीलाई विगत दुई वर्षदेखि डर, त्रास देखाएर आरोपितले पटकपटक बलात्कार गरेको र पछिल्लो पटक चैत १४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले आरोपित विरूद्ध चैत २४ गते महानगरीय प्रहरी वृत्त थिमीमा मौखिक उजुरी दिएको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी मीलन केसीले बताए ।

उक्त उजुरीको आधारमा सोही दिन आरोपितलाई प्रहरीले गिरफ्तार गरी २५ गते भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २४ गते प्रसूति गृह थापाथलीमा गरिएको प्रहरीले जनायो ।


सविना केसी