बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत २२ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लारानी गाउँपालिका-२ का ४० वर्षीय रामचन्द्र घर्ती मगरलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले चैत २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपित विरूद्ध मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर खिमबहादुर घर्तीले बताए । पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।


नारायण भुसाल