बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत २० गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिर्चैया नपा–७ का २५ वर्षीय सन्दिप विश्वकर्मालाई इलाका प्रहरी कार्यालय मिर्चैयाले चैत १८ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई चैत १७ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १८ गते उजुरी दिएको बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा सोही दिन गरिएको थियो ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले बताए ।


दुर्गा परियार