बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत १४ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ११ वर्षीय बालकलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र अन्तिम पटक चैत ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले बालकविरूद्घ इलाका प्रहरी कार्यालय इटहरीमा चैत ११ गते उजुरी दिएपछि बालकलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी समिरचन्द्र खरेलले बताए ।

इलाका प्रहरी कार्यालयमा बाल सुधार गृह नभएकाले अभिभावकको निगरानीमा सहज वातावरणमा इलाका प्रहरी कार्यालयमै बालकलाई राखी अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा चैत १२ गते गरिएको छ ।


जयकृष्ण यादव