बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस १९ गते 

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ ।

पीडित बालिकालाई पुस १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १८ गते  प्रहरीमा उजुरी दिएपछि आरोपित मियाँलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दकुमार साहले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १८ गते नै नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


के.सी.लामिछाने