बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत ८ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका वडानम्बर ७ जिरिखिम्ती बस्ने ५५ वर्षीय इन्द्रबहादुर सुवेदीलाई चैत ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत ६ गते राति बलात्कार गरेको भन्दै पीडित बालिकाको आफन्तले चैत ७ गते प्रहरीमा उजुरी दिए पछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयमा डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


भगिश्वर लिम्बु