बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत २ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्दकपुर गाउँपालिका–३ का ५० वर्षीय भीम पाठकलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २९ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि चैत २ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठले बताए ।

पाठकविरुद्ध कारवाहीको माग गर्दै पीडितका आफन्तले फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३० गते इलाम अस्पतालमा गरिएको छ ।


कोकिला ढकाल