बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन ३० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका-८ का १९ वर्षीय सन्दीप भन्ने साम्तेन तामाङलाई प्रहरीले २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २३ र २४ गते जिरी नगरपालिका-५ स्थित होटलमा बलात्कार गरेको भन्दै पीडितपक्षले आरोपितविरुद्ध २९ गते जिल्ला प्रहरी कार्यालय, दोलखामा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई २८ गते गिरफ्तार गरिएको तथा पीडितको स्वास्थ्य परीक्षण २९ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको जिल्ला प्रहरी कार्यालय, दोलखाका हबल्दार राजेन्द्र श्रेष्ठले बताए ।


उद्धव पोखरेल