बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन २९ गते

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा इलाम जिल्ला देउमाइ नगरपालिका- ३ स्थायी घर भई आठराई गाउँपालिका-५ बस्ने ४२ वर्षीय मनु मगरलाई प्रहरीले फागुन २७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पटक-पटक बलात्कार गर्दै आएको र पछिल्लो पटक फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २८ गते गरिएको छ ।


भगिश्वर लिम्बु