बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ पुस १५ गते

शारिरिक अपाङ्गता भएकी १८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौबिसे गाविस-३ का १९ वर्षीय उमेश रञ्जितकारलाई प्रहरीले पुस १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय खानीखोलामा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १४ गते गरिएको प्रहरीले जनाएको छ ।


सीताराम अधिकारी