बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन २३ गते

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीय ससुरालाई फागुन २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले माघ १ गते बलात्कार गरी फरार रहेका थिए । फरार आरोपितलाई प्रहरीले फागुन २३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

पीडितले माघ २ गते ससुराविरूद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते नै इलाम जिल्ला अस्पतालमा गरिएको थियो ।


कोकिला ढकाल