बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन १३ गते

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २३ वर्षीय पेम्बाग्याबु शेर्पा र १८ वर्षीय निमा छिरिङ शेर्पालाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितद्वयले फागुन ९ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।


देवराज गुरुङ