बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ फागुन ४ गते

पाँच वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६५ वर्षीय हजुरबुबालाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिका बिरामी भएपछि घटना बाहिर आएको प्रहरीले जनायो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ३ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गम्भीरजङ्ग थापाले बताए ।


नारायण भुसाल