बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ माघ २३ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बीरगञ्ज महानगरपालिका–२४  सुर्गाली  बिर्ताका ४० वर्षीय मतलुव मिया र बीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ३२ वर्षीय सासोदिन अन्सारीलाई माघ २२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई माघ १७ गते आरोपितद्वयले बलात्कार गरेको पीडित पक्षको आरोप छ । उनीहरूविरूद्ध पीडित महिलाले माघ २१ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परिक्षण बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा सोही दिन गरिएको छ ।


केसी लामिछाने