बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ माघ २१ गते

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–२ का २७ वर्षीय स्याङबु शेर्पालाई माघ २० गते गिरफ्तार गरेको छ ।

पीडितले आफूलाई माघ १७ गते बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा माघ २० गते उजुरी दिएकी थिइन् ।

पीडितको माघ २० गते नै जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

बलात्कार प्रयास गर्दा पीडितले प्रतिकार गर्ने क्रममा घाँटी थिची कुटपिट समेत गरेकाले बलात्कार तथा ज्यान मार्न उद्योगमा मुद्दा दर्ता गरिएको डिएसपी थापाले बताए ।


देवराज गुरुङ