बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ माघ १६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–२० का २२ वर्षीय प्रकाश खड्का, २० वर्षीय सुवास बिक र ४० वर्षीय भीमबहादुर परियारलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिका माघ ८ गते विद्यालयको कक्षाकोठामा बेहोस् भए पश्चात स्वास्थ्य परीक्षणका क्रममा बालिका तीन महिनाको गर्भवती भएको खुलेपछि पीडित पक्षले आरोपितविरूद्घ सोही दिन इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी माघ १४ गते जिल्ला अदालतमा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए ।


जयकृष्ण यादव