बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ पुस २४ गते

१७ वर्षीया बालिकालाई पुस १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले इनरूवा नगरपालिका–४ का १९ वर्षीय आशिष चौधरीलाई प्रहरीले पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २२ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २२ गते गरिएको छ ।


जयकृष्ण यादव