बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ पुस २४ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इनरूवा नगरपालिका-४ का १९ वर्षीय आषिश चौधरीलाई गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले चौधरीलाई पुस २२ गते गिरफ्तार गरेको हो । पीडित बालिकालाई आरोपितले पुस १९ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि चौधरीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इनरूवा अस्पतालमा पुस २२ गते नै गरिएको फुयालले जानकारी दिए ।


जयकृष्ण यादव