बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ पुस २२ गते

सात वर्षीयाा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–८ का २१ वर्षीय राजेश उरावलाई पुस २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २० गते इनरुवा अस्पतालमा गरिएको छ ।


जयकृष्ण यादव