बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ पुस ९ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-६ का १९ वर्षीय दिपक खतिवडा, विदुर नगरपालिका-४ का २५ वर्षीय सञ्जीवकुमार गुप्ता र सोही ठाउँका २२ वर्षीय रामकुमार श्रेष्ठलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ ।

धुन्चेबाट टिमुरेतर्फजाँदै गरेको बा ४ ख ४३२ नम्बरको ट्रकमा चढेकी पीडितलाई पुस ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस ८ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल रसुवामा पुस ८ गते गरिएको प्रहरीले जनाएको छ ।


हेमनाथ खतिवडा