बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ मङ्सिर २८ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १९ वर्षीय दाजुलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षिले मङ्सिर २७ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी सञ्जयसिंह थापाले बताए ।

पीडित बालिकाको मङ्सिर २७ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपितमाथि अनुसन्धान थालेको डिएसपी थापाले बताए ।


देवराज गुरूङ