बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ मङ्सिर १३ गते 

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाविस-९ का २० वर्षीय धनबहादुर घर्तीलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि घर्तीलाई बिजौरी गाविस-५ हेमन्तपुर गाउँबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर खुमानन्द पाण्डेले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा मङ्सिर १० गते गरिएको पनि प्रहरीले जनाएको छ ।


जे.एन.सागर