बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ मङ्सिर ११ गते

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–९ हाङदेवाका २० वर्षीय अमृत बिकलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा पीडित र पीडक दुवै पक्ष छलफलका लागि पुगेका बेला प्रहरीले आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर लक्ष्मणबहादुर थापाले बताए ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको पीडित बालिकाले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ९ गते जिल्ला अस्पतालमा गरिएको छ ।


देवराज गुरूङ