बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ मङ्सिर १० गते

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका-१ थिङ्लाबु याक्तेलीका ४८ वर्षीय वर्ते जेठा भन्ने धनबहादुर लिम्बूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई गत साउन १३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर ७ गते आरोपितविरूद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते जिल्ला अस्पतालमा गरिएको छ ।


देवराज गुरुङ