बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ मङ्सिर २ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–३ का ४० वर्षीय सोमे तामाङलाई मङ्सिर १ गते साँझ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले असोज २७ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा उजुरी गरेका थिए ।

पीडित पक्षको उजुरीपछि फरार रहेका तामाङलाई प्रहरीले मङ्सिर १ गते गिरफ्तार गरेको डिएसपी लिलाराज लामिछानेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २७ गते भरतपुर अस्पताल, चितवनमा गरिएको छ ।


तीर्थराज डुम्रे