बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ कात्तिक ९ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ७ गते बलात्कार गरेको भन्दै पीडितका पक्षले कात्तिक ८ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएको थियो ।

गिरफ्तार गरिएका बालकविरूद्ध प्रहरीले जिल्ला अदालतमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका लागि म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हेमराज ओलीले जानकारी दिए ।

पीडित बालिकाको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ । गिरफ्तार गरिएका बालकलाई प्रहरीको बालमैत्री कक्षमा राखेर अनुसन्धान सुरू गरिएको इन्स्पेक्टर ओलीले बताए ।


कोकिला ढकाल