बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ कात्तिक ६ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–९ लालपट्टीका ३५ वर्षीय दिलीपकुमार दासलाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कात्तिक ५ गते उजुरी दिएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक ५ गते भयो । आरोपितलाई गिरफ्तार गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलमणी भट्टराइले बताए ।


मनोहरकुमार पोखरेल