बलात्कार  घटनाका आरोपित गिरफ्तार

  ०७५ असोज १४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरी नौ महिनादेखि फरार रहेको आरोपमा प्रहरीले लालीगुराँस नगरपालिका–३ का ५६ वर्षीय शङ्कर थापालाई असोज १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ माघ २० गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिए पनि आरोपित नौ महिनादेखि फरार रहेका थिए ।

आरोपितलाई काठमाडौँस्थित गौशाला एरियाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७४ माघ २१ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


भगिश्वर लिम्बु