बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असोज १२ गते

१६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४९ वर्षीय बावुलाई असोज १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २७ गते बलात्कार गरेको घटनाको धेरैपछि गाउँकै एकजना साथीलाई भनेपछि मात्रै घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले बताए ।

पीडितले असोज १० गते जिल्ला प्रहरी कार्यालय, गोरखामा आरोपित बावुविरूद्घ उजुरी दर्ता गरेकी थिइन् । पीडितको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको डिएसपी नेपालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १० गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय, गोरखाले जनाएको छ ।


हरिराम उप्रेती