बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ ३० गते

र सात वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेल्डाडी गाँउपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्टलाई भदौ ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरूले घटनाबारे अविभावकलाई बताएपछि पीडित बालिकाका अविभावकहरूले इलाका प्रहरी कार्यालय बेल्डाडीमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको हो ।

पीडितद्वयको स्वास्थ्य परीक्षण भदौ ३० गते महाकाली अञ्चल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णप्रसाद ओझाले बताए ।


कोमलनिरन्जन भाट