बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ २७ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–४ का ४० वर्षीय आइते सुनारलाई भदौ २७ गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय, दोधारमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार भदौ २७ गते महाकाली अञ्चल अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बताए ।


कोमलनिरन्जन भाट