बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ २३ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सङ्खुवासभा जिल्ला खाँदबारी नगरपालिका–११ स्थायी घर भई हाल विरूवा गाउँपालिका–२ बस्दै आएका १९ वर्षीय सागर राईलाई प्रहरीले भदौ २३ गते पोखराको बैदामबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १५ गते बलात्कार गरेको भनी पीडित बालिकाका आफन्तले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिए पनि राई फरार रहेकाले प्रहरीले २३ गते पोखरामा फेला पारेलगत्तै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सई चन्द्रबहादुर भुजेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल स्याङ्जामा भदौ १५ गते गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।


हिमलाल पराजुली