बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ १९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्नमा गाउँपालिका–३ का ३० वर्षीय सन्से महतोलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १८ गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १८ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलका अनुसार आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको बताए ।


दुर्गा परियार