बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ १९ गते

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मिर्चैया नपा–६ का २२ वर्षीय रितेश साहलाई भदौ १८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपित रितेशसँगै अन्य दुईजनाले भदौ ११ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ १८ गते उजुरी दिएकी थिइन् ।

आरोपितहरूले बलात्कार गरी भिडियो, फोटो खिचेर कसैलाई भने ज्यान मार्ने धम्की दिएकाले डरले समयमा उजुरी दिन नसकेको बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १८ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार घटनाको जानकारी हुनासाथ आरोपित रितेशलाई गिरफ्तार गरेको र अन्य दुई जना आरोपितहरू सोही ठाउँका २२ वर्षीय नविन साह र २१ वर्षीय विजय साह फरार रहेकाले खोजतलास जारी


दुर्गा परियार