बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ ७ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मैवाखोला गाउँपालिका-५ फाकुम्बाका २३ वर्षीय कमल थोप्रा लिम्बूलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ ।

घटनामा संलग्न अर्का आरोपित डिके खुइले भनिने सुमन थोप्रा लिम्बू भने फरार रहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितद्वयले भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडितका बावुले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते जिल्ला अस्पतालमा गरिएको छ ।


देवराज गुरूङ