बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ भदौ ६ गते

३८ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पतिलाई भदौ ५ गते गिरफ्तार गरेको छ ।

इच्छाविपरित पतिले पटकपटक बलात्कार गरेको र सात वर्षीया छोरीलाई समेत दुर्व्ययहार गरेको आरोपमा पीडितले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मेघराज अधिकारीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।


भरत खड्का