बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज १७ गते

एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हापुर-३ का ३५ वर्षीय सुर्यबहादुर नेपालीलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई असोज १६ गते आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी प्रकाशराज शर्माले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज १६ गते नै राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा गरिएको प्रहरीले जनाएको छ ।


जे.एन.सागर