बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन १० गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुनर्वास नपा-७ का ३५ वर्षीय नरेश रानालाई असार ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ८ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीको हिरासत कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण सेती अञ्चल अस्पताल, धनगढीमा साउन ८ गते भएको प्रहरीले जनायो ।


कोमलनिरन्जन भाट