बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ साउन ६ गते

१५ वर्षीया बालिकालाई तीन महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–२ गादीको लक्ष्मीपुर गाउँका ४५ वर्षीय केदार भण्डारीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

आरोपित भण्डारीलाई रङ्गपुर प्रहरी चौकीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा साउन ६ गते पठाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते नै बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको छ । घटनाको अनुसन्धान गरी मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए ।


केसी लामिछाने