बलात्कार घटनाका आरोपित गिरफ्तार

  ७५ साउन ४ गते

१३ वर्षीया बालिकालाई साउन ४ गते बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नपा–८ हरपुरका ४५ वर्षीय टइट रामलाई सोही दिन गिरफ्तार गरेको छ ।

पीडित बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय पर्सामा आरोपित रामविरूद्ध साउन ४ गते उजुरी दिएका छन् । आरोपित राम विरूद्ध मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते नै नारायणी उपक्षेत्रीय अस्पतालमा गरिएको पनि प्रहरीले जनाएको छ ।


केसी लामिछाने