बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ असोज १२ गते   

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय बालकलाई प्रहरीले ०७३ असोज १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ९ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो । उक्त उजुरीको आधारमा अनुसन्धानका लागि आरोपित बालकलाई असोज १२ गते घरैबाट गिरफ्तार गरिएको प्रहरीले जनायो ।

जिल्ला प्रहरी कार्यालय खोटाङ्का इन्स्पेक्टर नवलकिशोर प्रधानका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १२ गते जिल्ला अस्पताल खोटाङमा गरिएको छ ।


सुनिता मगर