बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार ३२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नपा-७ का २५ वर्षीय जितबहादुर शाहीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोहीदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३२ गते गरिएको छ ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिप्रसाद शर्माले बताए ।


विष्णुप्रसाद देवकोटा