बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार २६ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय झड्केलो बावुलाई असार २६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले असार २५ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार २६ गते गरिएको छ ।


प्रताप विष्ट