बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार १४ गते

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ डिल्लीकोटका ३४ वर्षीय यादबहादुर सिंह, २२ वर्षीय रीतराज सिंह र २० वर्षीय रजबहादुर सिंहलाई असार १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितत्रयले असार १२ गते सामूहिक बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि असार १४ गते नारायण नगरपालिका-५ देशीगाडे बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सरोज पौडेलले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असार १३ गते दैलेख जिल्ला अस्पतालमा गरिएको छ ।


अमर सुनार