बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७५ असार १२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बावुलाई असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बिजुवारमा असार ११ गते उजुरी दिएको थियो ।

घटनाको जानकारी पाएलगत्तै आरोपितलाई असार ११ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका इन्स्पेक्टर देवीप्रसाद पौडेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा असार ११ गते गरिएको छ ।


रविन्द्र पाण्डे